भोटेकोशी बाढीका २१ घाइतेको शिक्षण अस्पतालमा उपचार
रसुवाको भोटेकोशी बाढीमा परी घाइते भएका एक भारतीय नागरिकसहित २१ जनाको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।
अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार बाढीबाट घाइते भएर अस्पताल ल्याइएका ८१ जनामध्ये ५५ जना उपचारपछि डिस्चार्ज भएका छन् भने चार जनालाई थप उपचारका लागि अन्य अस्पताल पठाइएको छ। उपचारका क्रममा २५ वर्षीय कुशल मगरको मृत्यु भएको उनले जानकारी दिए।
हाल उपचाररत २१ जनामध्ये पवित्र कार्की, पेमा तामाङ र चण्डिका श्रेष्ठको आईसीयूमा उपचार भइरहेको छ। मीनबहादुर श्रेष्ठ र राजेन्द्र भट्टलाई हाई केयर युनिटमा राखेर उपचार भइरहेको प्रवक्ता सेढाईंले बताए।
उपचाररतमा अशोक श्रेष्ठ, बलबहादुर घर्ती, मीनबहादुर श्रेष्ठ, पवित्र कार्की, पेमा तामाङ, राजेन्द्र भट्ट, रामप्रसाद थारु, रिता डोल्चा, ऋतु डङ्गोल, सुरुची राना मगर, तेजबहादुर तामाङ, महेश्वर शाह, निमा दोर्जे तामाङ, सङ्गीता तामाङ, सिजल थापा क्षेत्री, सितार तामाङ, मनिषा उचाई मगर, श्रीकेशकुमार यादव, चण्डिका श्रेष्ठ, कृष्ण श्रेष्ठ र सनम पाल्मो रहेका छन्। भारतीय नागरिक नवलेश शर्माको समेत सोही अस्पतालमा उपचार भइरहेको छ।