रास्वपा सांसदले प्रधानमन्त्री राहत कोषमा न्यूनतम १५ हजार सहयोग गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूले प्रधानमन्त्री राहत कोषमा जनही न्यूनतम १५ हजार रुपैयाँ सहयोग गर्ने भएका छन्।
रास्वपा संसदीय दलका पदाधिकारीहरूबीच भएको अनौपचारिक छलफलबाट सांसदहरूको तर्फबाट थप रकम सहयोग गर्ने प्रस्ताव अगाडि बढाइएको मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले बताए।
यसबाहेक केही सांसदहरूले थप व्यक्तिगत रूपमा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने स्वघोषणा गरेको पनि बताए। सांसदले न्यूनतम १५ हजार सहयोग गर्दा २७ लाख १५ हजार जम्मा हुने उनको भनाइ छ। यसअघि पार्टीको तर्फबाट ५० लाख सहयोग गर्ने निर्णय गरेको थियो।