सिमलतालमा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध
चितवनको मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक आवागमन अवरुद्ध भएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मंगलबार बिहान करिब ७ बजे खसेको पहिरोका कारण दुवैतर्फको सवारी आवतजावत पूर्ण रूपमा रोकिएको हो।
पहिरो पन्छाएर यातायात सञ्चालन गर्न सडक डिभिजन कार्यालयले उपकरणसहित जनशक्ति परिचालन गरेको जनाएको छ। पहिरो हटाउने काम जारी रहेको र सडक खुलाउने प्रयास भइरहेको छ।