रेडक्रसमा अनियमितता भए उजुरी गर्न आह्वान
नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार र बेथितिबारे उजुरी दिन सर्वसाधारणलाई आह्वान गरेको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै रेडक्रसले आगामी भदौ ३ गतेसम्म तथ्य र प्रमाणसहित उजुरी पठाउन आग्रह गरेको हो।
उजुरी तथा गुनासो अध्ययन छानबिन समितिका संयोजक डा. दीपेश घिमिरेले संस्थामा भएका अनियमितता छानबिन गरी पारदर्शिता र सुशासन कायम गर्न उजुरी आह्वान गरिएको बताए।
उनका अनुसार उजुरीकर्ताको पहिचान गोप्य राखिनेछ। उजुरीका लागि [email protected] इमेल, निःशुल्क हटलाइन ११३० र ह्वाट्सएप नम्बर ९७४१६९५०९७ प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।