राष्ट्रियसभा बैठक स्थगित, अर्को बैठक साउन २७ गते बस्ने
राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगन भएको छ। अर्को बैठक यही साउन २७ गते बुधबार अपराह्न १ः१५ बजे बस्ने भएको छ।
संसद् सचिवालयका अनुसार राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक पुनः निर्धारण गरेका हुन्।
यसअघि आजका लागि तय गरिएको राष्ट्रियसभा बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ।