पलाँता अस्पतालमा चिकित्सक र नर्समाथि दुर्व्यवहार, तीन जना पक्राउ
कालिकोटको पलाँता गाउँपालिका–९ स्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि दुर्व्यवहार गर्नुका साथै अस्पतालमा तोडफोड गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार २२ गते अस्पतालमा अनधिकृत रूपमा प्रवेश गरी चिकित्सक तथा नर्समाथि अभद्र व्यवहार गर्ने र अस्पतालका सामान तोडफोड गर्ने कार्यमा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका उनीहरूमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।