विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै
काठमाडौं — संघीय संसदअन्तर्गत राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ।
संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारमा हुनेछ। बैठकमा ‘नेपालमा ऐन कार्यान्वयन मापन : महत्व, अभ्यास, चुनौती र आगामी बाटो’ विषयक अभिमुखीकरण कार्यक्रमबारे छलफल हुने कार्यसूची रहेको छ।