वाणगंगा नदीमा दुई बालक वेपत्ता
कपिलवस्तुको बाणगंगा नदीमा दुईजना बालक बेपत्ता भएका छन् । कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ८ सिहोखोरको कर्बला नजिकै रहेको बाणगंगा नदीमा नुहाउन गएका दुई बालक शनिबार साँझदेखि नै बेपत्ता भएका हुन् ।
नदीमा सँगै तीनजना नुहाउन गएका मध्ये १३ वर्षीय सरफराज मुसलमान र ११ वर्षीय उबैद मुसलमान बाडगंगा नदीमा बेपत्ता भएको वडाध्यक्ष साबुद्दिन मुसलमानले बताए ।
अर्का बालक अर्बाज पठान भने शनिबार साँझै सकुशल घर फर्केका थिए । बेपत्ता बालकको नेपाल प्रहरी सशस्त्र प्रहरीको उद्धार टोलीले खोजी कार्य जारी राखेको छ ।