सुर्खेततर्फ आउँदै गरेका युवकको बेहोस भएपछि उपचारका क्रममा मृत्यु
नेपालगञ्जबाट स्कुटरमा सुर्खेततर्फ आउँदै गरेका एक युवक यात्राकै क्रममा बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कविन्द्रसिंह बोहोराका अनुसार वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतका २९ वर्षीय उत्सव जिसीको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार वीरेन्द्रनगर–९ का २७ वर्षीय रोशन घिसिङले चलाएको स्कुटरमा सवार जिसी वीरेन्द्रनगर नगरपालिका–४ हर्रे क्षेत्रमा पुगेपछि अचानक बेहोस भएका थिए। जिसी बेहोस भएको जानकारी चालक घिसिङले प्रहरीलाई दिएपछि उनको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको थियो।
तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।