झापामा हेरोइन र प्रतिबन्धित औषधिसहित दुई जना भारतीय पक्राउ
झापामा खैरो हेरोइन र प्रतिबन्धित औषधिसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । झापाको कन्काई नगरपालिका–२ स्थित एस फुल सेकुवा कर्नरबाट लागुऔषध नियन्त्रण ब्युरो काँकडभित्ता र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको टोलीले ती दुई जना पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्लाका २८ वर्षीय महमद एहवाल र सोही ठाउँका २७ वर्षीय अझर अन्सारी रहेको प्रहरीले जनाएको छ । उनीहरूबाट बाट १०२.३१० ग्राम हेरोइन, ७ हजार २०० क्याप्सुल ट्रामाडोल र ७ हजार ४५० वटा निट्जास्केल ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ । दुवैजनामाथि लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।