बीपी राजमार्गमा हाइस दुर्घटना हुँदा ४ जना घाइते
शनिबार सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ छब्बिसस्थित बीपी राजमार्गमा हाइस दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। मोरङबाट काठमाडौँ आउँदै गरेको बा.५ ख ५९८४ नम्बरको हाइस दुर्घटना हुँदा ४ जना घाइते भएका हुन् ।
दुर्घटनामा धनुषा गणेशमान नगरपालिका–७ बस्ने २२ वर्षीया रुवी साह, मोरङ सुन्दरहरैँचा नगरपालिका–१२ बस्ने १९ वर्षीय समित भुजेल गम्भीर घाइते भएका छन् ।
त्यस्तै मोरङ सुन्दरहरैँचा नगरपालिका–१२ का २० वर्षीय उज्ज्वल चौधरी तथा सुनसरी इटहरी उपमहानगरपालिका १७ बस्ने ४२ वर्षीय दुर्गानन्द शर्मा सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ । हाइसमा चालकसहित १४ जना सवार रहेकामा चार जना घाइते भएका हुन् ।
हाइसका चालक मोरङ बेलबारी नगरपालिका–३ बस्ने २५ वर्षीय उमेश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सवारी साधन घटनास्थलमै रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।