चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानद्वारा रिक्त पदका लागि दरखास्त आह्वान
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले रिक्त रहेका पदाधिकारी पदपूर्तिका लागि योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको छ। बुधबार एक सूचना जारी गर्दै शिक्षाध्यक्ष, रजिस्ट्रार र डीनका लागि प्रतिष्ठानले दरखास्त आह्वान गरेको हो।
प्रतिष्ठानको कार्यकारी परिषद्को १७० औँ र १७१ औँ बैठक तथा नाम छनोट तथा सिफारिस समितिको निर्णयानुसार जारी एकीकृत कार्यविधि, २०८३ अनुसार सात दिनभित्र कागजातसहित आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ।