जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा बाँके र कैलालीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बाँकेमा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-२ पितमारी बस्ने २१ वर्षीय लालबहादुर राना क्षेत्रीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। रानाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
यसैगरी, कैलालीमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-६ बेलुवा बस्ने २८ वर्षीय रामसेवक कुश्मी चौधरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। चौधरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।