नामी भिगो ई२ फुल एसयूभी ३५ लाख ९९ हजारमा सार्वजनिक
एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीको विशेष प्रारम्भिक मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेर नेपाली बजारमा सार्वजनिक गरेको छ।
यो मूल्य नाडा अटो शोको समापनसम्म मात्र लागू हुनेछ। त्यसपछि भिगो ई२ को नियमित मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ। थप प्रिमियम फिचर चाहने ग्राहकका लागि थप ८ लाख रुपैयाँमा भिगो ई२ प्लस उपलब्ध हुनेछ, जसमा मुनरुफ र आर१८ टायर समावेश छन्।
एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले संशोधित मूल्यले नयाँ राष्ट्रिय बजेटको सकारात्मक प्रभावलाई प्रतिबिम्बित गरेको बताए। उनका अनुसार फिचरमा आवश्यक समायोजन गर्दै भिगोको स्पेस, क्षमता र एसयूभी अनुभवलाई थप ग्राहकको पहुँचमा पुर्याउने प्रयास गरिएको हो।
भिगो ई२ सार्वजनिक कार्यक्रममा एमएडब्लू वृद्धि ग्रुप तथा डोङफेङ मोटर कर्पोरेसनका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो।