प्रधानमन्त्री शाहसँग सुदूरपश्चिमका रास्वपा सांसदको छलफल
काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन्।
छलफलमा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका कामलाई संसद्मार्फत जनतासम्म पुर्याउने प्रतिबद्धता जनाएका थिए। साथै, गेटा विश्वविद्यालय सञ्चालन, धनगढी–खुटिया–दिपायल फास्ट ट्र्याक, विद्युतीकरण, छाडा चौपाया व्यवस्थापन, तटबन्ध निर्माण, हुलाकी सडक, धान खरिद–बिक्री, भन्सार समस्या तथा दोधारा–चाँदनी क्षेत्रको नदी कटानलगायत सुदूरपश्चिमका विकास आयोजना र स्थानीय समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको सांसदहरूले जानकारी दिएका छन्।