कावासोतीमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु
कावासोती नगरपालिका –०८ हलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ ।
कावासोतीबाट डण्डातर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको ट्रकले पैदलयात्री कावासोती नगरपालिका –०८ बस्ने ७९ वर्षीय तुलसीप्रसाद च्वाईलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी उनको घटनास्थलमै मृत्यु भएको हो ।
अनुसन्धानका क्रममा बिहान करिब ७:३० बजे मध्यबिन्दु नगरपालिका –११ स्थित पूर्व–पश्चिम राजमार्गबाट शंकास्पद बा ३ क १९०३ नम्बरको ट्रकलाई फेला पारी नियन्त्रणमा लिइएको छ । ट्रकका चालक भने फरार रहेकाले उनको खोजी तथा घटनाबारे थप अनुसन्धान समेत भइरहेको छ ।