पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ
पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षका एक बालक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गत साउन ५ गते ती किशोरले १० वर्षीया बालिकालाई लिची खान दिने प्रलोभन देखाई घरमा बोलाएका थिए। त्यसपछि, ललाईफकाई घरको गोठभन्दा माथिको पहिलो तलाको कोठामा लगेर जबरजस्ती करणी गरेको घटना बाहिर आएको हो।
घटनापछि भदौ ४ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा परेको लिखित जाहेरीका आधारमा प्रहरी निरीक्षकको कमान्डमा टोली खटिएर ती किशोरलाई नियन्त्रणमा लिएको हो। ती किशोरलाई नियन्त्रणमा लिई पाल्पा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।