सडक विस्तार गर्न गोकर्णेश्वरमा चल्यो डोजर
काठमाडौं क्षेत्र नम्बर–३ गोकर्णस्थित नेपाल ट्रस्टको जग्गामा डोजर चलेको छ ।बाटो साघुँरो भएका कारण स्थानीयले लामो समयदेखि विस्तार गर्न माग गरेका थिए । तर ट्रस्टको जग्गाबाट बाटो विस्तार हुन सकेको थिएन ।
यसपटक सांसद राजुनाथ पाण्डेको पहलमा बाटो बढाउन डोजर चलाइएको हो । ‘बाटो बढाउन स्थानीयले पहिलेदेखि नै माग गर्नुभएको थियो । तर विस्तार हुन सकेको थिएन । अहिले बाटो विस्तार गर्न डोजर चलाइएको हो,’ रास्वपा काठमाडौं क्षेत्र नम्बर ३ का सभापति उज्ज्वल सापकोटाले भने । उक्त क्षेत्रका अन्य स्थानमा पनि दुई दिनसम्म बाटो विस्तार लगायतका काम गर्ने तयारी छ ।