कोशीमा ओलीको निर्देशन कार्यान्वयन हुन्छ : एमाले सचिव राई
नेकपा एमालेका सचिव शेरधन राईले कोशी प्रदेशमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन कार्यान्वयन हुने बताएका छन्।
सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वमुख्यमन्त्रीसमेत रहेका राईले केन्द्रीय नेतृत्वले दिएको निर्देशनअनुसार पार्टीले काम गरिरहेको बताए। उनले एमाले नीति, विधि र सिद्धान्तअनुसार चल्ने दाबी गरे।
एमालेभित्र अध्यक्ष ओलीको निर्देशनअनुसार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने प्रयास भइरहेको छ। कार्कीको स्थानमा ताप्लेजुङका नेता तिलकुमार मेन्याङ्बोलाई अगाडि सार्ने तयारी गरिएको बताइएको छ।