सिन्धुलीमा बसको ठक्करपछि कार सुनकोशी नदीमा खस्यो
सिन्धुलीमा बसले ठक्कर दिँदा एउटा कार सुनकोशी नदीमा खसेको छ । फिक्कल गाउँपालिका नवलपुरस्थित सुनकोशी नदीमा कार खसेको हो ।
कार खसेको सूचना आएपछि अहिले प्रहरी र सशस्त्रको टोली घटनास्थलतर्फ हिँडेको छ । कारमा कति यात्रु थिए भन्ने स्पष्ट भइसकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।make titloe