भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ
युट्युब च्यानलमार्फत भ्रामक सूचना सम्प्रेषण गरी समाजमा अफवाह र धार्मिक–जातीय द्वेष फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ घर भई हाल बुटवल बस्ने ३९ वर्षीय जनक भुसाललाई नियन्त्रणमा लिएको हो।
भुसालले ‘नेपाली खबर टिभी’ नामक युट्युब च्यानलमार्फत सामाजिक सञ्जालमा फलोअर्स बढाउने र आर्थिक उपार्जन गर्ने नियतले राज्यको विद्यमान परिवेशलाई प्रत्यक्ष असर पार्ने भ्रामक सामग्रीहरू प्रसारण गर्ने गरेको ब्युरोले जनाएको छ।