एसपी नरेन्द्र कुँवर प्रहरी प्रधान कार्यालय झिकाइए
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरलाई प्रहरी प्रधान कार्यालयले झिकाएको छ। केही आन्तरिक विषयमा सोधपुछ तथा छानबिन गर्नुपर्ने भएकाले कुँवरलाई मुख्यालय बोलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी प्रवक्ता अवि नारायण काफ्लेले कुँवरसँग केही विषयमा बुझ्नुपर्ने भएकाले छानबिनका लागि मुख्यालय बोलाइएको जानकारी दिए।
कुँवरमाथि कुन विषयमा छानबिन भइरहेको हो भन्नेबारे प्रहरी प्रधान कार्यालयले भने आधिकारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरेको छैन।
यद्यपि, स्रोतका अनुसार कुँवरविरुद्ध केही आन्तरिक प्रशासनिक तथा आर्थिक विषयसँग सम्बन्धित उजुरी परेपछि सोधपुछका लागि मुख्यालय बोलाइएको हो। उनीसँग आवश्यक सोधपुछ तथा छानबिनपछि थप प्रक्रिया अघि बढाइने प्रहरी स्रोतले जनाएको छ।