ग्यास अभावपछि उद्योगमन्त्री यादव अनुगमनमा
बजारमा खाना पकाउने ग्यासको अभाव भएपछि सरकारको चर्को आलोचना भइरहेका बेला उद्योगमन्त्री गौरीकुमारी यादव अनुगमनमा निस्केकी छन्। मन्त्री यादवले शनिबार बालाजुस्थित नेपाल ग्यास उद्योगको अनुगमन गरेकी छन्।
उपभोक्ताले ग्यास सहज रूपमा नपाएको र अभाव बढ्दै गएको गुनासो तीव्र बनेपछि मन्त्री यादवले उद्योगको अवस्थाबारे स्थलगत जानकारी लिएकी हुन्।
नेपाल ग्यास उद्योगको अनुगमनपछि मन्त्री यादव टेकुस्थित नेपाल आयल निगमको पुरानो कार्यालयतर्फ लागेकी छन्। उनले त्यहाँबाट ग्यासको आपूर्ति, वितरण र बजारमा देखिएको अभावबारे थप जानकारी लिने बताइएको छ।