सुनकोशीमा हाम फालेका पराजुली दम्पत्तिमध्ये तिलकुमारीको शव फेला
दोलालघाटबाट गत बुधबार सुनकोशी नदीमा हाम फालेका पराजुली दम्पत्तिमध्ये श्रीमतीको शव फेला परेको छ। प्रहरीका अनुसार मण्डनदेउपुर नगरपालिका–७ निवासी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव आइतबार ओखलढुङ्गा जिल्लाको सीमा नजिकै सुनकोशी नदीमा फेला परेको हो।
तिलकुमारीसँगै नदीमा हाम फालेका उनका श्रीमान् केदारनाथ पराजुली भने अझै बेपत्ता छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।