पोखरामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु
कास्कीको पोखरामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु गएको छ । पोखरा– २५ हेम्जास्थित म्याग्दीचोकमा ग १४ प २५१७ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण मंगलबार अनियन्त्रित भई दुर्घटनामा परेको हो।
मोटरसाइकलको पछाडि सवार १६ वर्षका अनिल विकको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते उनको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो।
मोटरसाइकल चालक म्याग्दीको धौलागिरी २ लुलाङका १८ वर्षीय दिनेश विक घाइते भएका छन् । उनको मणिपाल अस्पतालमै उपचार भइरहेको छ।