गरिमा चौधरीलाई न्यायको माग गर्दै पोखरामा पनि प्रदर्शन
बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई न्यायको माग गर्दै पोखरामा पनि प्रदर्शन भएको छ ।
शनिबार चौधरीलाई न्याय माग्दै युवा युवतीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डसहित मानवअधिकार चोकमा प्रदर्शन गरेका छन् ।