कपिलवस्तुमा गाउँलेलाई डर देखाउँदै हिँड्ने ३ युवा पेस्तोलसहित पक्राउ
कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जगदीशपुरबाट पेस्तोलसहित तीनजना पक्राउ परेका छन् । कृष्णनगर नगरपालिका-८ बहादुरगन्जका गाउँघरमा स्थानीयलाई डरधम्की देखाउँदै पेस्तोल बोकेर हिँडिरहेको भन्ने सूचनाका आधारमा खोजी अभियान चलाउँदा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका-५ डबरा निवासी २३ वर्षीय आशीष पाण्डे, कृष्णनगर नगरपालिका-८ दयानगर निवासी २१ वर्षीय जितेन्द्र मौर्या र १९ वर्षीय विनोद कश्यप रहेका छन् ।
उनीको साथबाट एक थान पेस्तोल र उनीहरूले प्रयोग गर्ने लु. ६१ प ७०७२ नम्बरको मोटरसाइकल बरामद गरिएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रमुख प्रहरी निरीक्षक महेशकुमार आचार्यले जनाएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।