बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा फरार रहेका प्रतिवादी मृगेन्द्रनाथ रिमाललाई पक्राउ गरेको छ।
सीआईबीले बिहीबार नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको जाहेरीका आधारमा उक्त मुद्दामा फरार रहेका काठमाडौं महानगरपालिका–७ निवासी रिमाललाई सिफलबाट पक्राउ गरिएको जनाएको छ।
पक्राउ परेका रिमाललाई आवश्यक कानुनी कारबाहीका लागि काठमाडौं जिल्ला अदालत, बबरमहलमा उपस्थित गराइएको सीआईबीले जनाएको छ।
उक्त मुद्दामा दीपक भट्टसहित अन्य व्यक्तिविरुद्ध पनि बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत कसूरको अभियोग रहेको प्रहरीले जनाएको छ।