नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ
काठमाडौं — नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले उनलाई शुक्रबार ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार स्मार्ट सेलको लिलामी बिक्रीका लागि अनुमति दिएको विषयमा अनुसन्धान गर्न भण्डारीलाई पक्राउ गरिएको हो। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भण्डारी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गरेका थिए। पछि बालेन्द्र शाह नेतृत्वको सरकारले राजनीतिक नियुक्तिहरू खारेज गर्ने निर्णय गरेपछि उनी पदमुक्त भएका थिए।