चालक अनुमतिपत्रका लागि जुनसुकै मान्यताप्राप्त चिकित्सकको स्वास्थ्य प्रमाणपत्र मान्य हुने
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र लिन आवश्यक स्वास्थ्य परीक्षणका लागि नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त चिकित्सकले दिएको स्वास्थ्य प्रमाणपत्रलाई मान्यता दिन सातै प्रदेशका यातायात मन्त्रालयलाई अनुरोध गरेको छ।
विभागका अनुसार हालको व्यवस्थाले सेवाग्राहीमा भीडभाड, अतिरिक्त आर्थिक भार र सीमित समूहको संलग्नताबाट समस्या देखिएकाले सेवा प्रवाहलाई सरल, पारदर्शी र सेवामैत्री बनाउन नयाँ व्यवस्था गर्न लागिएको हो।
यसैबीच, विभागले नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त चिकित्सकहरूको विवरणसमेत माग गरेको छ।