डा. केसीको अनशन टुंग्याउन सरकारी टोली धनगढीमा
वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग वार्ता गरी सत्याग्रहको निकास खोज्न सरकारी टोली धनगढी पुगेको छ। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा आइतबार धनगढी पुगेका हुन्।
यसअघि शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेल पनि वार्ताका लागि धनगढी पुगिसकेका छन्। सरकारले डा. केसीका प्रतिनिधिसँग संवादमार्फत सहमति खोज्ने तयारी गरेको जनाएको छ। स्वास्थ्यमा समस्या देखिएपछि डा. केसीलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ।