सप्तरीमा ३३ सय किलो गाँजा बरामद
प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । मध्य राति सप्तरी तिलाठी कोइलाडी गाउँपालिका ५ स्थितबाट तीनवटा गाडीबाट प्रहरीले ३ हजार ३३२ किलो ४६० ग्राम गाँजा बरामद गरेको हो ।
बा.प्र.०१–०२५ च ०४३६ नम्बरको स्कारपियो, प्र १–०४–००१ च १५०७ नम्बर र बा.प्र.०१–०२९ च ९५८६ नम्बरको स्कोरपियोबाट गाँजा बरामद गरेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शम्भुप्रसाद ढकालले जानकारी दिए ।
उनले मधेश प्रदेश प्रहरी कार्यालय लागुऔषध नियन्त्रण तथा सर्च अभियानमा आक्रममक ढंगले काम गरिरहेको बताए । यसअघि बुधबार मात्र सिरहाबाट ६५३ किलो गाँजा बरामद गरेको थियो ।