साउने सङ्क्रान्ति तथा देउडा पर्वमा कर्णालीमा सार्वजनिक बिदा
सुर्खेत, असार ३२ — कर्णाली प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
प्रदेश सरकारले साउन १ गते शुक्रबार कर्णाली प्रदेशका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ–संस्थामा सार्वजनिक बिदा दिने जनाएको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०८२ चैत २४ गते बसेको बैठकले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा बिदा दिने निर्णय गरेको थियो।
यससम्बन्धी जानकारी गराउँदै प्रदेश सरकारले बिहीबार सूचना जारी गरेको छ। प्रदेश सचिव लक्ष्मीकुमार विकले जारी गरेको सूचनामा प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालय तथा सार्वजनिक संस्थालाई बिदाबारे जानकारी गराइएको छ।