दमकमा कार, मोटरसाइकल र साइकल ठोक्किँदा एक जनाको मृत्यु
झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा एक साइकलयात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।
प्रहरीका अनुसार दमक–४ स्थित भाइरल रोडमा कारले साइकललाई ठक्कर दिएपछि साइकल सडकमा लडेको थियो। त्यसपछि पछाडिबाट आइरहेको मोटरसाइकलले पनि साइकलयात्रीलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका दमक–३ का ५३ वर्षीय रणबहादुर विष्टको उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते मोटरसाइकल चालकको उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।