सुनसरी घटनाको विरोधमा माइतीघरमा प्रदर्शन
सुनसरी घटनाको विरोधमा माइतीघरमा हिन्दुबादीहरुले प्रदर्शन गरेका छन्।
देवानगञ्ज–३, कप्तानगञ्जमा साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोसी नदीतर्फ जाने तयारीका क्रममा दुई समूहबिच विवाद भएपछि झडप भएको थियो । सो झडप छुट्टाउने क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो ।