भूमिगत जलश्रोत दुई हाकिम घुससहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन प्रमुख सीडीहाजी अनुपमा ढकाल र मेकानिकल अधिकृत छैठौ तुलाकान्त चौधरी घुस रकम ७ लाख ५० हजारसहित नियन्त्रण लिएको छ ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्ति अनुसार ढकाल र चौधरीको मिलेमतोमा बोरिङ र मोटर जडान गर्ने कार्य सम्पन्न भएपछि त्यसबापतको रकम भुक्तानी गर्ने क्रममा उनीहरुले घोटाला गरेका हुन् ।
सेवाग्राहीलाई दुःख–हैरानी दिई घुस–रिसवत माग गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरुबाट स्रोत नखुलेको ७१ हजार ११५ रुपैयाँ, तीन थान मोबाइल, पनि बरामद भएको छ ।
उनीहरुलाई सर्लाही जिल्लास्थित वागमती नगरपालिका वडा नं। १२ मा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका कार्यालय प्रमुखको क्वाटरबाट शुक्रबार नियन्त्रणमा लिइएको हो ।