गाडी चालक रामबहादुरको शव कर्णाली नदी टापुमा फेला
असार ३१ गते पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–१, तालागाउँस्थित कर्णाली नदीमा बेपत्ता भएका एक पुरुषको शव भेटिएको छ। नदीमा बेपत्ता भएका बाजुराको त्रिवेणी नगरपालिका–३ का २९ वर्षीय राम बहादुर भण्डारीको शव आइतबार बेलुका भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कैलालीको टीकापुर नगरपालिका–८, श्रीलंकास्थित कर्णाली नदीको बिच टापुमा उनको शव भेटिएको हो। भण्डारी पेसाले बोलेरो चालक हुन्। तालागाउँकै एक स्थानीयको गाडी चलाउँदै आएका उनी असार ३१ गते बेलुका ५ बजेतिर उनी र अन्य केही साथीहरू कर्णाली नदीमा पौडी खेल्न गएका थिए।
त्यसपछि तालागाउँभन्दा तल्लो क्षेत्रमा रहेका सबै प्रहरी युनिट खोजी कार्यमा जुटेको थियो। कानुनी प्रक्रिया र पोस्टमार्टमको लागि उनको शव टीकापुर अस्पतालको शव गृहमा राखिएको प्रहरी जनाएको छ। make title