कञ्चनपुरमा च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहीन
कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिला च्याउ खोज्न जंगल गएपछि सम्पर्कविहीन भएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनीहरू आइतबार बिहान ११ बजेतिर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका थिए। साँझसम्म घर नफर्किएपछि आफन्त र प्रहरीले खोजी कार्य सुरु गरेका छन्।
प्रहरीका अनुसार बेपत्ता महिलाहरू दुई छुट्टाछुट्टै समूह बनाएर जंगलतर्फ गएका थिए। उनीहरूको खोजी भइरहेको छ।