नेपालगञ्जबाट चार लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ
प्रहरीले अवैध कारोबारमा संलग्न भएको आरोपमा नेपालगञ्ज बसपार्क क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई चार लाख भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो।
विशेष सूचनाका आधारमा प्रहरीले राउतबाट भारतीय ५०० दरका ८०० थान नोट बरामद गरेको जनाएको छ। नेपालमा भारतीय ५०० का नोटको कारोबार प्रतिबन्धित रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार राउतमाथि नेपाल राष्ट्र बैंकसम्बन्धी कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ। यता होटल सञ्चालकले भने श्रमिकका लागि आवश्यक भारतीय रुपैयाँ सटही गर्न रकम सङ्कलन गरी पठाइएको दाबी गरेका छन्।