पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, अन्तर्राष्ट्रिय उडान बढ्ने अपेक्षा
सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि विभिन्न शुल्क छुट दिने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले २०८५ भदौ मसान्तसम्म पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो।
सरकारको निर्णयले नयाँ वायुसेवा कम्पनीलाई आकर्षित गर्न र पोखराबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
यसैबीच, फ्लाई दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई नियमित उडान सुरु गर्ने भएको छ। उक्त उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्नुका साथै वैदेशिक रोजगारी, अध्ययन र पर्यटन यात्रामा सहजता ल्याउने अपेक्षा गरिएको छ।
तीन वर्षअघि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन।