स्याङ्जामा गोठ भत्किँदा एक जनाको मृत्यु
स्याङ्जा — स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीखोलामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको छ।
मृत्यु हुनेमा पातीखर्क वनपालेका ६५ वर्षीय धनबहादुर रेश्मी रहेका छन्। भैँसी र बङ्गुरलाई कुडोपानी दिने क्रममा आज बिहान अचानक गोठ भत्किँदा उनी पुरिएका थिए।
गोठले पुरिएर केही चौपायासमेत मरेका छन्। लगातारको वर्षाका कारण पुरानो गोठ कमजोर भई भत्किएको हुनसक्ने गल्याङ–६ का वडाध्यक्ष दीपछिरिङ गुरुङले जानकारी दिए।