इरानी आक्रमणमा १०० अमेरिकी सैनिक घाइते भएको अमेरिकाको स्वीकार
अमेरिकाले इरानको जवाफी आक्रमणमा आफ्ना करिब १०० सैनिक घाइते भएको स्वीकार गरेको छ। पेन्टागनका अनुसार जुलाई ७ यता भएका आक्रमणमा घाइते भएका अधिकांश सैनिक उपचारपछि पुनः ड्युटीमा फर्किसकेका छन्।
यता, इरानले बहराइनस्थित अमेरिकी सैन्य अड्डा र कुवेतको अहमद अल–जाबेर एयर बेसमा रहेका अमेरिकी सैन्य प्रणालीमाथि ड्रोन तथा मिसाइल आक्रमण गरेको दाबी गरेको छ। यद्यपि, इरानका यी दाबी स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्।