शिक्षा अधिकृतमाथि दुर्व्यवहार गर्ने वडा सदस्य ५० हजार धरौटीमा रिहा
दाङको घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरामाथि दुर्व्यवहार गर्ने घोराही– १५ का वडा सदस्य उत्तम बुढाथोकीलाई अदालतले धरौटीमा रिहा गरेको छ । दाङ जिल्ला अदालतले बुधबार थुनछेक बहसपछि ५० हजार धरौटीमा छाड्ने आदेश दिएको हो ।
अदालतको आदेशपछि बुढाथोकी छुटेका छन् । न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलासले वडा सदस्य बुढाथोकीलाई धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी गोकर्ण वलीले रातोपाटीलाई जानकारी दिए।
पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयमा व्यवस्थापन समितिको निर्वाचनका क्रममा शिक्षा अधिकृत बोहरामाथि दुर्व्यवहार भएको थियो।