संघीय संसदका तीन समितिको बैठक आज बस्दै
संघीय संसदअन्तर्गतका तीनवटा समितिको बैठक आज बस्दैछ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक सिंहदरबारमा हुन लागेको हो।
संघीयता सबलीकरण समितिमा राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारिता सम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल हुनेछ। सार्वजनिक नीति समितिले मधेस र बागमती प्रदेशका जिल्लामा गरिएको अनुगमनको समीक्षा गर्नेछ भने विधायन व्यवस्थापन समितिमा ऐन कार्यान्वयन मापन र विधायिकी अन्तरसम्बन्धबारे छलफल हुने कार्यसूची छ।