मुस्ताङमा साढे चार लाख रुपैयाँ बराबरका अवैध सामान बरामद
मुस्ताङ — मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको करिब ४ लाख ३५ हजार ८०० रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।
थासाङ–३ स्थित लेतेमा नियमित जाँचका क्रममा नेपाल–चीन कोरला नाकाबाट ल्याइँदै गरिएको जुत्ता, चप्पल, जिन्स पाइन्ट, टाउजर र टिसर्टलगायतका सामान फेला परेको प्रहरीले जनाएको छ। गाडी, चालक र सामान ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिएर थप कारबाहीका लागि मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ।