ठगी प्रकरणमा कलाकार नारद खतिवडासहित तीन जना पक्राउ
हाँस्य कलाकार नारद खतिवडा ठगीको आरोपमा पक्राउ परेका छन् । हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै ९ ठगी गरेको आरोपमा प्रहरीले कलाकार खतिवडासहित तीन जनालाई पक्राउ गरेको हो ।
यस प्रकरणमा पक्राउ पर्नेहरूमा उदयपुर कटारी ३८ वर्षीय विक्रमबहादुर थापा र नपलपरासी सुनौल नगरपालिका ५९ वर्षीय गोपालकुमार गुरुङ रहेका छन् ।
अध्यागमन विभागले पक्राउ गरेका ९ चिनियाँलाई उनीहरूले छुटाइदिने भन्दै रकम लिएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले जम्मा ७२ लाखको डिल गरेको खुल्न आएको छ ।
चिनियाँ नागरिकहरूकै सूचनामा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।