गणेश नेपालीको परिवारलाई गगन थापाले गरे एक लाख सहयोग
नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग गरेका छन् । सभापति थापाले शुक्रबार नेपालीको परिवारलाई एक लाख रुपैयाँ सहयोग गरेका हुन् । नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो ।
सभापति थापाले स्वर्गीय नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिर शान्तिको कामना गरेका छन् । साथै उनले शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।