५० प्रहरी कर्मचारीले लिए ट्राफिक नियन्त्रणसम्बन्धी तालिम
काठमाडौं — काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ५० जना प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रणसम्बन्धी तालिम प्रदान गरेको छ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको तत्वावधानमा सञ्चालित ४५ कार्यदिनको ट्राफिक नियन्त्रण तालिम मंगलबार सम्पन्न भएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित समापन कार्यक्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले प्रशिक्षार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे।
कार्यक्रममा काफ्लेले तालिमबाट प्राप्त ज्ञान, सीप र दक्षतालाई कार्यक्षेत्रमा इमानदारीपूर्वक प्रयोग गर्न निर्देशन दिए।
तालिम संयोजक प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहका अनुसार तालिममा १८ जना प्रहरी सहायक हवल्दार र ३२ जना प्रहरी जवान सहभागी भएका थिए।