ट्रम्पले क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म कर लगाउने घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न वस्तुमा ५० प्रतिशतसम्म नयाँ भन्सार महसुल लगाउने घोषणा गरेका छन्।
क्यानाडाले अमेरिकी मदिरा, गाडी र दुग्धजन्य पदार्थमा ‘भेदभावपूर्ण व्यवहार’ गरेको आरोप लगाउँदै ट्रम्पले यस्तो निर्णय गरेका हुन्। ह्वाइट हाउसका अनुसार नयाँ कर ३० दिनभित्र लागू हुनेछ।
क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले भने यो कदम अमेरिका–क्यानाडा व्यापार सम्झौता (युएसएमसीए) को उल्लंघन भएको प्रतिक्रिया दिएका छन्। उनले विवाद समाधानका लागि छलफल गर्न तयार रहेको बताएका छन्।