स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
काठमाडौं — स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धामार्फत नियुक्ति गर्न दरखास्त आह्वान गरिएको छ।
स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २० बमोजिम कार्यकारी निर्देशक पदका लागि उम्मेदवार छनोट गरी ऐनको दफा २२(३) अनुसार नियुक्ति गर्न आवेदन माग गरिएको हो।
‘स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक तथा छनोट सम्बन्धी कार्यविधि, २०८३’ को दफा ७ को उपदफा (१) बमोजिम बुधबार पहिलो पटक सूचना प्रकाशित गर्दै योग्य उम्मेदवारबाट आवेदन माग गरिएको छ।
इच्छुक उम्मेदवारले दरखास्त फाराम, छनोट कार्यविधि तथा स्वास्थ्य बीमा ऐन, २०७४ सम्बन्धी विस्तृत विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य बीमा बोर्डको वेबसाइटबाट प्राप्त गर्न सक्ने जनाइएको छ।
योग्यता पुगेका आवेदकले सम्बन्धित वेबसाइटबाट दरखास्त फाराम र कार्यविधि डाउनलोड गरी तोकिएको प्रक्रियाअनुसार आवेदन दिन सक्ने बोर्डले जनाएको छ।